राजु पराजुली अमेरिकाको डेलावर राज्यको पर्यटन दूत नियुक्त
पेन्सिलभेनिया,अमेरिका /नेपाल सरकारले राजु पराजुलीलाई अमेरिकाको डेलावर राज्यको पर्यटन दूत नियुक्त गरेको छ ।
नेपाल सरकारले डिसेम्बर २३ को निर्णयबाट पराजुलीलाई आगामी चार बर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।
सामाजिक क्षेत्रमा क्रियाशील पराजुली एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्ष हुन् ।
नेपालमा पर्यटन क्षेत्रमा लगानी गरेका पराजुली अमेरिकामा पनि सफल यूवा व्यवसायी हुन् ।
नेपाल, दुबई, अष्ट्रेलिया र अमेरिकामा गरी पराजुलीसंग समय टुरिजम क्षेत्रमा काम गरेको लामो अनुभव छ ।
“म यहि क्षेत्रमा सक्रिय छु । व्यक्तिगत तवरले धेरै विदेशीलाई पर्यटकका रुपमा नेपाल पठाएको छु । नेपाल सरकारले विश्वास गरेर पर्यटन दूत बनाएकोमा म खुशी छु र सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” पराजुलीले भने ।














