विश्वासको मतबारे निर्णय लिन हामीलाई हतार छैनः माधव नेपाल
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिनको लागि आग्रह गरेपछि एकीकृत समाजवादीका नेता माधव कुमार नेपालले यस विषयमा निर्णय गरिहाल्न आफ्नो पार्टीलाई हतार नभएको प्रतिक्रिया दिएका छन् ।
राजधानीमा आयोजित युवा संघ नेपालको कार्यक्रममा उनले सरकारबारे बोल्न हतार नभएको बताए ।
‘हामी अगाडि सरेर बोल्न के हतार? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?’ उनले भने, ‘त्यतिन्जेल सस्पेन्समै रहोस् ।’
उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए ।
‘पोलिटिकल सिनारियो क्लियर हुनुपर्यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, ‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।’
सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालले बताए ।















