प्रधानमन्त्री दाहालले मागे नेपालसंग विश्वासको मत
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । यही पुष २६ गते (१० जनवरीमा) संसदमा विश्वासको मत लिने तयारीमा रहेका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
प्रचण्डले बुधवार नेपाललाई संसदीय दलको कार्यालयमा भेट गरेका थिए ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं । त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो ।’
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ ।








