निमा रुम्बा, नलिना र जगदीशको ल्यानक्यास्टरमा दमदार प्रस्तुति
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिलभेनिया / युनाइटेड होमकेयर सर्भिस एलएलसीको प्रायोजनमा अमेरिकाको पेन्सिलभेनिया स्थित ल्यानक्यास्टरमा आइतवार सम्पन्न ‘नयाँ वर्ष शुभकामना साँझ’मा चर्चित कलाकारहरुले दमदार प्रस्तुति दिएका छन्।
कार्यक्रममा गायक निमा रुम्बा, गायीका नलिना चित्रकार र अर्का गायक जगदीश समालको प्रस्तुतिमा दर्शक रोमान्चित बनेका थिए।

रातो पाइन्ट, नीलो कोट र ह्याटमा खुलेका निमाले ‘मेरी प्रियसी’ बाट आफ्नो प्रस्तुति शुरु गरेका थिए।
‘रोमान्टिक पप’ का लागि चर्चित गायक निमाको बडील्याङ्गवेजमा पनि दर्शकले उत्साह जनाएका थिए।
निमाले ‘आउ आउ न म सँग बसन्’ गाउन सक्दा नसक्दै दर्शक दिर्घाबाट ‘मिस क्याट्वाक’ को डिमाण्ड भएको थियो। निमाका हरेक प्रस्तुतिमा दर्शकले उत्साहित हुँदै साथ दिएका थिए।
निमाले ‘साँझमा पनि, रातमा पनि’ ‘सुनीदेउ मायालु’ बोलको गित पनि गाएका थिए।

करिब ३५ मिनेट मञ्चमा विताएका निमाले ल्यानक्यास्टरका दर्शक प्रति आभार व्यक्त गरेका छन्।
‘दर्शकले साथ दिदाँ हामीलाई छुट्टै उर्जा हुन्छ,’ प्रस्तुति पछि समाज टाइम्स सँग निमाले भने,’दर्शकको साथले म उत्साहित भएको छु, अब अझ बृहत दर्शकका सामु प्रस्तुति दिन छिट्टै नै म ल्यानक्यास्टर आसपासमा नयाँ सो लिएर आउने छु त्यो सम्भावना बलियो भएको छ।’
त्यसो त सुविधा सम्पन्न हलमा शिरपाँउ रातो पहिरनमा सजिएकी गायिका नलिना चित्रकारले पनि दर्शकलाई ४० मिनेट भन्दा बढी भरपुर मनोरञ्जन दिएकी थिइन।

नलिनाले केही आफ्ना र केही अन्यका गित गाएकी थिइन्। उनले आफ्नो सदाबहार गित ‘पानी पानी भयो मेरै मन पनि’ बाट प्रस्तुति शुरु गरेकी थिइन्।
जगदिश समालले पनि केही आफ्ना केही अन्य गायकका गीत प्रस्तुत गरेका थिए। नलिना र जगदिशले ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ संयुक्त रुपमा गायका थिए।

यस्तै मेरो भ्वाइस कप विजेता गायक प्रविण बर्देवा, गायक कृष्ण ढकालले पनि प्रस्तुति दिएका थिए।
मेरो डान्स कपकी विजेता रेनुका राई, अर्की सहभागि मुना क्षेत्रीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
ल्यानक्यास्टरका रेश्मा अधिकारी र सन्ध्या खड्काको जोडीले पनि सुन्दर नृत्य प्रस्तुत गरेका थिए।

गायक, रचनाकार तथा संगीतकार अगोम गुरुङको प्रमुख अथित्यमा भएको कार्यक्रमको संचालन गायक विनोद गुरुङले गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विजय घिमिरे, दिपक घिमिरे र युनाइटेड होम केयर सर्भिस एलएलसीका चिफ फाइनान्स अफिसर गोपाल भट्टराईलाई सम्मान गरिएको थियो।
यसैगरि आमा चन्द्रमाया घिमिरेलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो।
युनाइटेड होम केयर सर्भिस एलएलसीका सिइयो रमेश घिमिरेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका थिए।













