पछिल्लो वर्ष ५१ प्रतिशतले बढ्यो पर्यटकको आगमन
काठमाडौं । नेपालमा पर्यटकको आगमन सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए । जुन सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।
सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् ।
दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् ।
तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् । बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।

















