अमेरिकामा विवाहको ८० औं वर्षगाँठ मनाउँदै यो जोडी
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिलभेनिया / विश्व मान चित्रमा मान्छेको औंषत आयुनै ८० वर्ष पुग्न धौ धौ छ। तर अमेरिकामा भने एक जोडीले विवाहको ८० औं वर्षगाठ धुमधाम सँग मनाएका छन्।
समयसँगै आउने उतारचढावका कारण मानिसहरुको सम्बन्धमा छिट्टै परिवर्तन आउने क्रम बढ्दै गएको बेला अमेरिकाको पेन्सिलभेनियाको ल्यानक्यास्टरमा एक वृद्द जोडीले भने आफ्नो विवाहको ८० औं वर्षगाँठ मनाएका हुन् ।
विश्वका विभिन्न देशका अनेक कारण देखाउँदै विवाह बन्धन अन्त्य भएको समाचार आइरहँदा यो जोडीले भने ८ दशक संगै बिताइसकेका छन् ।
हालै वर्षगांठ मनाएका रोबर्ट र इडिथ एउटै स्कुलमा पढथे । सन् १९३६ तिर यी दुई जोडीको स्कुलमा हुँदा आँखा जुध्यो । त्यसपछि दुबैले एक अर्कालाई डेट गर्न थाले त्यो पनि उनीहरु पहिलो डेट शुक्रवार आयोजित नाइट फुटबल म्याच हेर्दा गएका थिए ।
पहिलो डेटमै रोबर्टले मनमनै इडिथलाई आफ्नो जीवनको हिस्सा मानिसकेका थिए भने इडिथको मनमा पनि यो भाव आइसकेको थियो । “मलाई यस्तो भान भइरहेको थियो कि दुबैले एक अर्कालाई मन पराउँछौं र संगै बस्न सक्छौं ।“ रोबर्टले भने ।
त्यसपछि केही समय भने दुबै जना डिस्ट्यान्ट रेलिसनसिपमा बसे । रोबर्ट सैन्य पोष्टिङ्का कारण इलिनियोस गए भने इडिथ पेन्सिलभेनियामै बसिन् तर दुबैजनाबीच तारन्तर संवाद भने भइरहन्थ्यो ।
यो जोडीले करिब ८० वर्ष अघि आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरे र अहिले आफ्नो ८० औं वर्षगाँठ मनाएका छन् । गत डिसेम्बर २६ मा यो जोडीको विवाह भएको ८० वर्ष पुगेको छ ।
दोस्रो विश्वयुद्द सुरु हुन लाग्दाको समयमा विहे गरेका यो जोडी फेरी केही समयको लागि छुटियो । रोबर्ट प्यासिफिक समुद्रमा तैनाथ भएका थिए तर त्यति बेलासम्म इडिथको कोखमा एउटा छोरो आइसकेको थियो ।
रोबार्ट घर फर्किएको एक वर्ष भित्रै उनीहरुको घरमा छोरीको पनि जन्म भयो र त्यस समयदेखि नै यो जोडी सधैं संगै छ । “हामी सधैं एकअर्कासंगै छौं । हाम्रो एउटा सिद्दान्त छ कहिल्यै पनि रिसाएर वा झोक्किएर सुत्न नजाने ।“ रोबर्टले डब्लुजीएएल न्यूज ८ लाई भने ।
















