डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ता पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।











