ओलीलाई भेट्न रवी लामिछाने र राजेन्द्र लिङ्देन पनि पुगे बालकोट
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकार गठनको समयसीमा सकिन लागेसंगै राष्ट्रिय स्वत्न्त्र पार्टीका सभापति रवी लामिछाने र राजेन्द्र लिङ्देन पनि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
रास्वपा सभापति लामिछाने र महामन्त्री डा. मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका छन् । त्यस्तै आज बिहान नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीलाई भेट्न बालकोट पुगेका छन् । भेटमा नेताहरुबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका छन् ।
उनले रास्वपा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि संवाद अघि बढाएका छन् । ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद दिने वचन दिइसकेको विवरण सार्वजनिक भइरहेको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसकिने भनेपछि प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए ।















