आज पनि बस्दै गठबन्धन बैठक, देउवाले बिहानै बोलाए पार्टी शीर्ष नेताको बैठक
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकार गठनका लागि सत्तारुढ गठबन्धनको बैठक आज पनि बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो । बैठक पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
माओवादी केन्द्रसँग प्रधानमन्त्रीका लागि सहमति नजुटेपछि अन्तिम बैठक बस्नुअघि छलफलका लागि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन्।











