कोभिडको जोखिम बढेको छ, सबैले सावधानि अपनाऔः स्वास्थ्य मन्त्रालय
काठमाडौं । छिमेकी मुलुक र विश्वका विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएसंगै संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सावधानि अपनाउन आग्रह गरेको छ ।
शनिवार एक विज्ञप्ती निकाल्दै मन्त्रालयले सबैलाई सार्वजनिक स्थलमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरुरी छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।











