बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजिनामा
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीसंगै केन्द्रिय संसदको सदस्यको रुपमा शपथ लिएका राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन् ।
शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।
पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए ।
एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उनले सत्ता नेतृत्वको अवसर पाएका थिए ।
उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उनैलाई दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।
















