महानगरको टोली फोहोर व्यवस्थापनबारे अध्ययन गर्न भारत भ्रमणमा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईसहित ४ सदस्यीय टोली भारत भ्रमणमा गएको छ ।
महानगरपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न राईको नेतृत्वमा महानगरका प्रमुख बालेन्द्र साह(बालेन)का भौतिक पूर्वाधार सुनिल लम्सालसहित ४ सदस्यीय टोली बुधबार भारत प्रस्थान गरेको महानगरका सहायक प्रबक्ता महेश काफ्लेले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नेतृत्वमा भारत जाने कार्यक्रम तय भएको थियो । तर उनी अवस्था भएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेको काफ्लेले बताए ।











