प्रचण्ड: नयाँ सरकार बनेपछि समाजवादी केन्द्र बनाउँछौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचित नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बनाउने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बन्ने दाबी गरेका हुन् ।
‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रीत हुनुपर्ने छ’ प्रचण्डले भने, ‘संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’ यदी समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसकेपनि लुज फोरम जस्तो बनाएरै छाडिने प्रचण्डले बताए ।
समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेसन लगायत पार्टी र समुह जोडेर बनाउने बताएको छ ।














