एमालेले आफ्ना सांसदलाई मंगलवार प्रशिक्षण दिने
काठमाडौं । संसदको दोस्रो ठुलो दल बनेको नेकपा एमालेले एमालेले नवनिर्वाचित सांसदहरुलाई मंगलवार प्रशिक्षण दिने भएको छ ।
मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले नेताहरुले बताएका छन् ।
संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टी नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तयारी भएको एमालेले जनाएको छ ।
प्रतिनिधिसभामा ७८ सिट जितेको एमालेमा २९ जना पहिलोपटक सांसद बनेका छन् ।
सोमबार समानुपातिक तर्फबाट सांसद भएकाहरुले प्रमाणपत्र बुझ्दैछन् ।
एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।














