आशिकी ३ को छायांङ्कन अर्को वर्षदेखि सुरु हुने, अभिनेत्रीको टुंगो लाग्न बाँकी
मुम्बइ । सुपरहिट फिल्म ‘आशिकी’ को तेस्रो सिक्वेल घोषणा भएको छ । निर्माता महेश भट्टले फिल्मको तेस्रो सिक्वेल ‘आशिकी ३’ बन्ने घोषणा गरेका हुन् । फिल्ममा मुख्य अभिनेताको रुपमा कार्तिक आर्यन देखिनेछन् ।
निर्माता भट्टले फिल्ममा अभिनेता कार्तिक देखिने बताएपनि अभिनेत्रीको नाम भने सार्वजनिक गरेका छैनन् । फिल्मको घोषणा भएदेखि नै अभिनेत्रीमा पहिले जेनिफर विङ्गेट र त्यसपछि दीपिका पादुकोणको नाम बाहिर आएको थियो ।
तर, निर्माता भट्टले एक मिडियासँग कुरा गर्दै फिल्मका लागि कुनै पनि अभिनेत्री छनौट नभएको बताएका छन् । उनले ‘आशिकी ३’ को लागि नयाँ अनुहारको खोजीमा रहेको समेत बताएका थिए ।
‘हामी अझै ‘आशिकी ३’ को लागि नयाँ अनुहार खोजिरहेका छौं ।
हामी यो फिल्मबाट नयाँ अनुहार ल्याउन चाहन्छौं’, महेशले अगाडि भनेका छन् ‘‘आशिकी ३’ को छायांकन अर्को वर्ष सुरु गर्ने योजना छ । अहिले स्क्रिप्टमा काम गरिरहेका छौं ।’
सन् १९९० मा रिलिज भएको ‘आशिकी’ महेश भट्टले निर्देशन गरेका थिए । यो टी–सिरीज र विशेष फिल्मस द्वारा रिलीज गरिएको थियो । यस फिल्ममा राहुल रोय र अनु अग्रवाल मुख्य भूमिकामा थिए ।
सपछि यसको सिक्वेल सन् २०१३ मा मोहित सुरी निर्देशित ‘आशिकी २’ आएको थियो । फिल्ममा श्रद्धा कपुर र आदित्य रोय कपुर देखिएका थिए । यो फिल्म पनि बक्स अफिसमा सुपरहिट भयो ।
अहिले तेस्रो सिक्वेलमा अनुराग बसु निर्देशकको रुपमा जोडिएका छन् ।















