नोराले हालिन ज्याकलिन विरुद्द मानहानीको मुद्दा
मुम्बइ । नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ ।
३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ ।
ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।
उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप छ ।














