दिशा पटानी र अलेक्जेन्डरको डेटिङ्ले तात्यो बलिउड
मुम्बइ । बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ ।
केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् ।
तर यतिबेला यो डेटिङको रहस्य खुलेको छ । हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे खुलेर कुरा गरेका छन् । मान्छेले आफ्नो निजी जीवनबारे जान्न चाहेको कुरालाई लिएर आनन्द महसुस गरेको बताउँछन् ।
पूर्वप्रेमी अभिनेता टाइगर श्राफसँग ब्रेकअपपछि दिशा र अलेक्जेन्डरको रोमान्स हेडलाइन बन्न थालेको थियो । यी दुई सामाजिक सञ्जालको पोस्ट पनि एकअर्कालाई ट्याग गर्छन् ।














