बानाको देउसी भैलो अक्टोबर २३ आइतबार
मेरिल्याण्ड, आइतवार / बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) ले तिहारमा सामुहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ।
बानाका अध्यक्ष सुबोध बिलास पन्तका अनुसार देउसी भैलो आफ्नै कार्यलयमा हुने छ। अक्टोबर २३ तारिक आइतबार दिउसो तीन देखि सात बजे सम्मका लागि कार्यक्रम तय भएको पन्तको भनाई ।
समयको सदुपयोग गर्न र सबैलाई समेट्न सामुहिक रुपमा बाना कार्यलयमा कार्यक्रम राखिएको अध्यक्ष पन्तको भनाई छ।
‘सबैको घर घरमा नै गएर देउसी भैलो खेल्ने भन्ने थियो तर कतिपयको काम हुन्छ, सबैको घरमा जान नसकिएला फेरि कोही छुट्लान, त्यो भन्दा सबैलाई पायक गर्ने गरि नै कार्यक्रम गरौ भनेर बानाकै कार्यलयमा सामुहिक कार्यक्रम राखेका हौं।’ पन्तले समाज टाइम्स सँग भने ‘बाना सबैको साझा घर हो नी।’
पन्तले कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरे। ‘यो विशुद्ध सांस्कृतिक कार्यक्रम हो, नेपालमा हामिले मनाउदै आएको परम्परालाई निरन्तरता दिन खोजेका हौं।’ पन्तले कार्यक्रममा आउदा आफ्ना बालकालिकालाई साथमा ल्याउन आग्रह गरे।
‘चर्चित कलाकार पनि आउनु हुन्छ, सेल रोटीको व्यवस्था छ, सबैलाई चुलै निम्तो छ।’ पन्तले भने ‘संस्कृति जोगाउन र बानाको आर्थिक सहयोगका लागि पनि कार्यक्रम राखिएको हो तर पैसा नै ठूलो कुरा होइन।’
‘बानाले विभिन्न समयमा समुदायलाई सहयोग गर्दै आएको छ, भविश्यमा पनि भैपरी आउने अवस्थामा कोष बनाउन पनि हामीले सामुहिक देउसी भैलो राखेका हौ तर कार्यक्रमा आउदा दान दिनै पर्छ भन्ने छैन्।’ पन्तले भने मुख्य उद्देश्य संस्कृति जोगाउने हो, रमाइलो गर्ने हो।’
बाना अमेरिकामा रहेका नेपालीका संस्था मध्ये सक्रियमा पर्दछ।