‘समता’ स्कूलको सहयोगार्थ न्यूयोर्कमा हुने साँस्कृतिक साँझका लागि जिम्मेवारी बाडफाड
न्यूयोर्क, अमेरिका / न्यूयोर्कमा हुने बृहत सुशोभन समारोह एवं साँस्कृतिक साँझका लागि विभिन्न जिम्मेवारी तोकिएको छ।
नेपालमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको समता स्कूललाई आर्थिक सहयोग जुटाउन अमेरिकाको न्यूयोर्कमा बृहत सुशोभन समारोह एवं साँस्कृतिक साँझको आयोजना हुदै छ।
समता ग्लोबल सिनेट र आरके फाउण्डेशन अमेरिकाको आयोजनामा नोभेम्बर ५ तारिक क्विन्सको जमैका एभिन्युमा रहेको वुडहेभन मनोर क्याटरिङ एण्ड बैक्युटमा (96-01 Jamaica Ave, Queens, NY 11421) कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, रामकृष्ण ढकाल लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ। श्रेष्ठ र आचार्य समता ग्लोवल सिनेटका संरक्षक हुन्।
आरके फाउण्डेशनका अध्यक्ष बेद खरेलका अनुसार कार्यक्रममालाई व्यवस्थित बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकिएको छ।
खेरलका अनुसार आर्थिक संयोजकको जिम्मेवारी हेमन्त मल्ललाई दिइएको छ। कार्यक्रम संयोजक आरके फाउण्डेशनका महासचिव पारस खरेल रहेका छन्।
यस्तै युवा भोलिन्टियर संयोजकमा राजेश सापकोटा रहेका छन्। मिडिया संयोजक सुमन बास्तोला, कलाकार संयोजकमा विकाश खरेल र पब्लिक सम्पर्क संयोजकमा मनिता गुरुङ रहेकी छिन्।
बिक्की पुलामीले कार्यक्रम संयोजकको जिम्मेवारी पाएका छन्। अथिति सत्कार संयोजकमा सिता खरेल, लङ्ग लाइल्याण्ड समन्वय समिति संयोजकमा शंकर भण्डारी र शिव मैलानी र संघ सस्था समन्वय समिति संयोजकमा शोभाकान्त पाण्डे रहेका छन्।
कार्यक्रममा समता ग्लोबल सिनेटहरुलाई बृहत सुशोभन गरिने छ। समता ग्लोबलले एक हजार अमेरिकी डलर शुल्क तिरे पछि ‘सिनेट’ प्रदान गर्ने व्यवस्था गरेको छ।
समता स्कूलले मासिक एक सय रुपैयाँमा शिक्षा प्रदान गर्दै आएको छ। समता ग्लोबल सिनेट गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउनका लागी स्थापित एक नाफारहीत संस्था हो । टिका राज ढकाल समता ग्लोबल सिनेटका बरिष्ट उपाध्यक्ष हुन् । अध्यक्षमा बाल्टिमोर निवासी उत्तम गौली हुन्।
आरके फ़ाउंडेशन ५०१ सि ३ अन्तर्गत सन् २०१५ मा अमेरिकामा स्थापित भएरको संस्था हो। फाउण्डेशनले नेपाल र अमेरिकामा शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा कार्य गर्दै आएको जनाएको छ।
दुई संस्थाले नेपालको समता स्कूलको उद्देश्य र लक्ष्य ब्यबस्थापनमा सहयोग गर्न न्यूयोर्कमा संयुक्त रूपमा कार्यक्रम गर्न लागेको जनाएका छन्।
‘सबैको हातेमालोबाट मातृभूमिमा शिक्षाको पहुंचबाट बन्चित बालबालिकाहरुको भविष्य उज्ज्वल पार्न यहाँको सहयोग समय र समर्थनले ठुलो उर्जा प्राप्त हुने विश्वासका साथ यहाँहरुको संस्थाको तर्फबाट यस कार्यक्रमको सफलताको लागी सहयोग प्राप्त हुने अपेक्षा लिएका छौं ।’ फाउण्डेशनका अध्यक्ष खरेल र सिनेटका बरिष्ठ उपाध्यक्ष ढकालले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।