जमैका नेपाली समाज अमेरिकामा कृष्ण आचार्य पुन अध्यक्ष
न्यूयोर्क, अमेरिका । जमैका नेपाली समाजमा कृष्ण आचार्य पुन अध्यक्ष चयन भएका छन्। समाज अमेरिकाको न्यूयोर्कको जमैका क्षेत्रमा बस्ने नेपालीले स्थापना गरेको सामाजिक संस्था हो ।
गत आइतवार सम्पन्न साधरण सभाले कृष्ण आचार्य पुन अध्यक्ष चयन गरेको हो। साधरण सभाले ११ सदस्यीय कार्यसमितिको पनि चयन गरेको हो। आचार्य दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्।
समाज सन् २०१८ मा स्थापना भएको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्कर खनाल र सचिवमा भिम न्यौपाने रहेका छन्।
कोषाध्यक्षमा दिपक घिमिरे चयन भएका छन्। सदस्यहरुमा रामहरी कार्की, प्रेम तिम्सिना, बिजया सिम्खडा, गुन बहादुर घर्ति, अशोक ज्ञवाली,राजेन्द्र गौतम र सजन पौडेल रहेका छन्।














