स्वर्णिम शैली: देउवालाई दिए किताब
काठमाण्डौ । गुणवान व्यक्ति गुनासोमा अल्झिदैनन् । बरु कुनैपनि कुण्ठालाई कलामा बदल्ने प्रयास गर्छन ।
यस्तै शैली अपनाएका छन् अर्थशाश्त्री स्वर्णिम वाग्लेले । आसन्न संसदीय निर्वाचनका लागि आकांक्षी स्वर्णिम वाग्लेले काँग्रेसबाट टिकट पाएनन् । अनि स्वतन्त्रतर्फ पनि बल गरेनन् ।
टिकट नपाएपछि अर्थत्रास्त्री वाग्लेप्रति सहानुभुति र काँग्रेसप्रति व्यापक आलोचना व्यक्त भयो सामाजिक संजालमा । र, वाग्लेले पनि यही माहोलमा सामाजिक सञ्जालमा एउटा निकै कुटनीतिक सामाग्री पोस्ट गरे ।
‘टिकट, पुस्तक र संस्कार’ शीर्षकको उक्त फेसबुक स्टाटसले गुनासोमात्रै गर्नेहरुका लागि गतिलो शैली सुल्झाएको छ ।
वाग्लेको यो शैलीको धेरैले प्रशंसा गरेका छन् । अर्थशाश्त्री पिताम्वर शर्माले अबको पाँच बर्षमा नेपालको सामाजिक आर्थिक अवस्थाको मार्ग चित्र बनाउन पूर्ण सक्षम हुने आशा व्यक्त गरेका छन् ।
शर्माले कमेन्टमा वाग्ले ‘पेन र प्यासन’ लाई मिलाउन सक्ने आदर्श पात्रका रुपमा देख्न पाइने उल्लेख गरेका छन् ।