झापा : १ मा विश्वप्रकाश शर्मा र अग्नि खरेल आम्नेसाम्ने
झापा । बौध्दिक एवम् कुटिल युवा नेता विश्वप्रकाश शर्मा र पूर्व-महान्याधिवक्ता अग्निप्रसाद खरेल बिच अग्नीपरीक्षा हुदैछ ।
झापा १ मा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको साझा उम्मेदवारका रुपमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् । त्यस्तै एमाले-राप्रपाको तर्फबाट एमाले नेता अग्निप्रसाद खरेल उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगका अनुसार झापा १ मा १ लाख २० हजार ३७५ जना मतदाता रहेका छन् । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्र पर्ने वडाहरूका वडाअध्यक्षका लागि करिब ७१ हजार मत खसेको छ । जसमध्ये एमाले र राप्रपाका उम्मेदवारलाई ३७ हजार १५४ मत आएको छ भने सत्ता गठबन्धनका उम्मेदवारलाई २९ हजार ३ सय ७८ मत आएको छ । यो मतको हिसाबले भने शर्मा करिब ८ हजार मत पछि देखिन्छन् ।
२०७४ को निर्वाचनमा पनि शर्माले माओवादीका राम कार्कीसँग निक्कै थोरै अन्तरले पराजित भएका थिए ।
तर स्थानीय चुनावमा विजयी भएका वडाअध्यक्षको संख्या हेर्ने हो भने पनि यो क्षेत्रमा पर्ने २१ वटा वडामध्ये १३ वटा एमालेले जित्दा कांग्रेसले ६ वटा र माओवादीले एउटा मात्रै जितेको छ ।
यद्यपि मतदाता संख्याको हिसावले वडाअध्यक्षमा सदर भएको मत करिब ४५ हजार कम देखिन्छ । समाजबादी र स्वतन्त्र उमेद्वारले समर्थन गर्न सक्ने कारणाले प्रतिश्पर्धा रोचक हुने देखिन्छ ।
साथै बदर मत घटेको र मतदान गर्नेको संख्या बढेको अर्थमा भने फरक नतिजा देखिन पनि सक्छ । त्यस्तै नेता विशेष प्रभाव पनि पर्न सकिने सम्भावना देखिन सक्छ ।