सिकागो बासी नेपाली समुदायसँग मह जोडीको अन्तरक्रिया

सुमन वस्ती, स्प्रिंगफिल्ड, इलिनोइ
सिकागो, अमेरिका । नेपालका प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीले अमेरिकाको सिकागोमा रहेका नेपाली समुदाय सँग अन्तरक्रिया गरेका छन्।
मह जोडी नेपालमा संचालित समता स्कूलको सहयोगार्थ सिकागो सहरमा आगामी नोभेम्बर ६ तारिख हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुदै छन्।
कार्यक्रमका सह आयोजक सिकागोल्यांडका स्थानीय संघ संस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु संग मह जोडिले गत शनिवार अन्तरक्रिया गरे।
जुम मार्फत भएको कार्यक्रममा कलाकार आचार्यले समता स्कूलको योगदानको चर्दा गर्दै आफु पनि सो अभियानमा समाहित भएको बताए।
‘देशका विपन्न बर्गका विध्यार्थिहरुलाई एक सय रुपैयामा गुणस्तरीय शिक्षा प्रदान गरेर उदाहरणिय योगदान दिएको हुनाले म अत्यन्त प्रभावित भै यो अभियानमा समाहित भएको हु।’ आचर्यले भने आगामी नोभेम्बरमा सिकागो लगायत अमेरिकाका बिभिन्न शहरमा आयोजना गर्न लागिएको शुसोभन समारोहमा सो क्षेत्रका नेपाली समुदायको अत्यधिक सहभागिता रहने आशा गरेको छु।’
यस्तै अर्का कलाकार श्रेष्ठले बिगतमा सिकागोमा नेपाली समुदायले देखाएको सदभाब, मायाँ-प्रेम स्मरणीय गरे। उनले मातृभूमीमा थालिएको एउटा पवित्र अभियानलाई सहयोग गर्ने कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने कुरामा आफु विस्वस्त रहेको बताए।
श्रेष्ठले हाल सम्म कार्यक्रम आयोजना गर्न गरिएको तैयारी को प्रशंसा समेत गरे।

कार्यक्रमलाई समता स्कूलका संस्थापक उत्तम संजेल र समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौलीले पनि सम्बोधन गरेका थिए। उनीहरुले सहभागीहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ पनि दिएका थिए।
कार्यक्रमको तैयारीको समिक्षा गर्न आयोजित सो कार्यक्रम समता ग्लोबल सिनेटर तथा सिकागो शुसोभन कार्यक्रमका संयोजक गोपेंद्र भट्टराइले संचालन गरेका थिए।
कार्यक्रममा सिकागोल्याण्डका स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रम आयोजक समितिका सदस्यहरुले हाल सम्म गरिएको प्रगतिको विवरण प्रस्तुत गर्दै कार्यक्रमको खबरले स्थानीय नेपाली दाजु भाइ दीदी बहिनिहरु अत्यन्त खुशी भएको कुरा व्यक्त गर्दै सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्न आफुहरु उत्सुकतापुर्बक प्रतिक्षा गरिरहेको बताए।
कार्यक्रमको टिकट यो लिंक https://www.eventbrite.com/e/chicago–tickets-413694410117 मा क्लिक गरि लिन सकिनेछ I