एमाले अध्यक्ष ओलीले फुलपातिका दिन विदेशमा रहेका नेपालीलाई सम्वोधन गर्ने
पेन्सिलभेनिया,अमेरिका। नेपाल सरकारका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई सम्वोधन गर्ने भएका छन्।
प्रवासी नेपाली मन्चको आयोजना नेपालीहरूको प्रमुख चाडवाड वडा दशै र तिहारको सन्दर्भमा प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई ओलीले शुभकामना सम्बोधन गर्न लागेका हुन्।
मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभुराम थापाका अनुसार सम्वोधन अक्टोबर दुई तारिक (असोज १६ गते) आइतवार फूलपातीको दिन भर्चुअल माध्यमबाट हुने छ।
थापाका अनुसार नेता ओलीले उक्त सम्वोधन मार्फत विभिन्न कारणले प्रवासमा रहेका नेपाली दीदीवहिनी तथा दाजुभाईहरूलाई वडा दशै र तिहारको शुभकामना सहित देशको समसामयिक विषयबरूमा विशेष सम्बोधन गर्ने छन्।
कार्यक्रममा सम्पूर्ण प्रवासी नेपालीहरूलाई उपस्थित हुन् प्रवासी नेपाली मन्चले अनुरोध गरेको छ ।