भिजन क्लबको आयोजनामा निशुल्क स्वास्थ शिविर सम्पन्न
काठमाडौं। ‘जहाँ जे आवश्यक छ त्यहाँ सोहि अनुसारको सेवा’ पुर्याउने उद्देश्यले खोलिएको र अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यलय रहेको अन्तर्राष्ट्रिय संस्था भिजन क्लबको आयोजनामा काठमाडौंमा शनिवार स्वास्थ शिविर भएको छ।
भिजन क्लब इन्टरनेश्नल अन्तर्गत नेपाल भिजन क्लब अफ काठमाडौंले नेशनल बाथरोग सेन्टर तथा बद्री तिर्थ समाज सँगको सयुक्त आयोजनामा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा स्वास्थ शिविर गरेको हो।
स्वास्थ्य शिविरबाट एक सय जनाले लाभ लिएका छन् । यस पटक समय अभाव भै फिर्ता गएकालाई असोज एक गते शनिवार नौ देखि दश बजे सम्म पुन सेवा दिइने आयोजाकको भनाई छ।
आज परिक्षण गरिएकाहरुको भने रिपोर्ट सहित डाक्टरबाट चेक जाँच हुने भएको हुँदा सो दिन रिपोर्ट लिइ चेक जाँच गरि दिनु हुन आयोजकले अनुरोध गरेको छ।
साथै भिजन क्लव अफ काठमाडौंले पशुपति आर्यघाटमा वेवारिसलासहरूको दाहसंस्कार गर्दै आएका अभियन्ताहरू विनय जंग बस्नेतलाई ५५,००० हजार र सपना रोक्का मगरलाई ४५,००० हजार रुपैया सहयोग गरेको छ।
क्लबले एउटा निजी स्कूलमा एक जना गरिव जेहेन्दार विद्ध्यार्थीलाई कक्षा ११ मा पढ्नको लागि छात्रवृति प्रदान समेत गर्ने जनाएको छ।