एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीद्वारा पत्रकार माथि गम्भिर आरोप : पैसा लिएर समाचार नलेख्न सुझाव (भिडियो)
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदीले अमेरिकामा क्रियाशिल नेपाली पत्रकार माथि गम्भिर आरोप लगाएका छन्।
पत्रकारकै कार्यक्रममा अतिथि भएका सुवेदीले पत्रकारलाई पैसा लिएर समाचार नलेख्न आग्रह गरे ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साधरण सभाको शनिवार भएको उद्घाटनमा बोल्दै सुवेदीले अमेरिकामा पैसा दिएर समाचार लेख्ने लेखाउने गरिएको आरोप लगाए। यद्यपी कुन संस्था वा पत्रकारले पैसा लिएर समाचार लेख्यो भन्ने उनले खुलाएनन।
आफ्नो मन्तब्य छोट्याउने क्रममा पत्रकारलाई अर्तिउपदेश दिँदै नेजाको आन्तरिक राजनीतिमा पनि प्रवेस गरेका सुवेदीले पैसा दिएर समाचार लेखाउने र लेख्ने गरिएको भन्दै त्यसो नगर्न भने।
“न्यूज लेख्दै गर्दा लेखाउने साथीहरुले पनि पैसा दिएको आधारमा न्यूज लेखाउने र लेख्ने साथीहरुले पनि पैसाको आधारमा न्यूज लेख्ने नगरिदिनु होला भन्ने मेरो अनुरोध र सुझाव दिदै विदा हुन्छु।”
सुवेदी अमेरिकाका विवादित अध्यक्ष हुन्। सुवेदीकै क्रियाकलापले गर्दा अमेरिकामा अहिले दुई वटा राष्ट्रिय समन्वय समिति गठन भएको छ।
आइसीसीको विवादमा आवश्यकता भन्दा बढी चलखेल गरेका सुवेदी माथि कलिङ्ग काठमाडौंलाई धोका दिएको आरोप लाग्दै आएको छ।












