एन्फाको आधिकारिक फेसबुक पेज ह्याक
समाज टाइम्स खेलकुद, मुख्य समाचार
काठमाडौं । नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ ।
बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।
पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।
Notice regarding our Facebook page.
— All Nepal Football Association (@theanfaofficial) April 14, 2022
We wish everyone a very Happy New Year 2079!! pic.twitter.com/HztbK4rXYt