अमेरिकामा ‘खराब मध्येका खराब’ पाँच हजारको नयाँ सूची, १० नेपाली र ३२ जना नेपाली भाषी भूटानी
वासिङ्टन / अमेरिकी गृह विभाग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) द्वारा ‘खराब मध्येका खराब‘ वेबसाइटमा थप पाँच हजार आपराधिक अवैध विदेशीहरूको सूची थप गरेको छ ।
डिएचएसद्वारा मंगलवार सार्वजनिक नयाँ सूचीमा दश जना नेपाली र ३२ जना नेपाली भाषी भूटानी रहेका छन् ।
डब्लुओडब्लु वेबसाइटमा देशभरबाट पक्राउ परेका ४० भन्दा बढी आपराधिक अवैध विदेशीहरूको विवरण देखिनेछ ।
यो वेवसाइड गत वर्षको डिसेम्बर ८ बाट शुरु गरिएको हो । यो वेवसाइडमा अमेरिकाका ५० वटा राज्यहरूबाट पक्राउ परेका अपराधीहरू मध्ये केहीको विवरण खोज्ने सुविधा दिन्छ ।
पक्राउ परेका व्यक्तिहरूमा हत्या, आगजनी, जबरजस्ती करणी, नाबालिगमाथिको यौन दुर्व्यवहार, चोरी/डकैती, आतङ्कवादी धम्की, सशस्त्र डकैती, अपहरण,कुटपिट, ठगी , चोरी जस्ता अपराधहरू समावेश छन् ।
“डीएचएसले हाम्रो ‘खराब मध्येका खराब’ वेबसाइटमा थप पाँच हजार आपराधिक अवैध विदेशीहरू थपेको छ, जसमा हत्यारा, बाल यौन दुराचारी , बलात्कारी, आगजनी गर्ने, लागु औषध तस्कर, अपहरणकारी, हिंसक आक्रमणकारी र गुण्डागर्दी गिरोहका सदस्यहरू छन्,” सहायक सचिव लरेन बिसले भने, “यस वेबसाइटमा अब हामीले देशभरका समुदायहरूबाट हटाएका ४० हजार भन्दा बढी अपराधीहरूको विवरण देखिन्छ ।’
उनले ट्रम्प प्रशासनले अमेरिकी जनताले दिएको जनादेश अनुरूप देशबाट अवैध विदेशीहरूलाई पक्राउ गर्ने र देश निकाला गर्ने काम गरिरहँदा पारदर्शिताका लागि पहिलेभन्दा अझ बढी प्रतिबद्ध रहेको बताए ।















