पेन्सिल्भेनिया ल्यानक्यास्टर प्रहरी गाडीका बत्तीहरू परिमार्जन, चालकलाई नझुक्किन आग्रह
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यानक्यास्टर प्रहरी गाडीहरूका बत्तीहरू ‘क्रुज लाइट’ परिमार्जन भएका छन् ।
ल्यानक्यास्टर प्रहरीका अनुसार अब प्रहरीका गाडीका बत्तीहरू सदैव बलिरहने छन् ।
प्रहरी गाडी अँध्यारोमा लुकेको जस्तो देखिन्थ्यो। अब प्रहरी गाडी टाढैबाट स्पष्ट र उज्यालो देखिन्छ।
नयाँ व्यवस्थाका कारण अब प्रहरीका गाडी टाढै बाट चिन्न सकिने छ । रातको समयमा प्रहरीका गाडीमा मधुरो बत्ती बलिरहेको हुने छ ।
पुरानो व्यवस्थामा सामान्य अवस्थामा गस्ती गर्दा प्रहरीको गाडीका बत्तीहरू पुरै निभेका हुन्थे । इमर्जेन्सी वा गाडी रोक्नु पर्दा मात्र फ्ल्यास हुन्थे ।
समुदायमा प्रहरीको उपस्थिति स्पष्ट रूपमा देखाउन र सुरक्षा बढाउन यो नयाँ नियम लागू गरिएको प्रहरीको भनाइ छ ।
प्रहरी प्रमुख इस्टन म्याकडोनाल्डले समुदायको हितका लागि यो परिवर्तन सुरु बताए । म्याकडोनाल्डका अनुसार नयाँ बत्तीले अपराध नियन्त्रणमा सहज हुने छ ।
प्रहरीको गाडी टाढैबाट स्पष्ट देखिने हुँदा अपराध कम गर्न मद्दत पुग्नेछ भने टोल-छिमेकमा प्रहरी २४ सै घण्टा सक्रिय रहेको देखिँदा सर्वसाधारणले सुरक्षित महसुस गर्नेछन्।
प्रहरी नयाँ बत्ती प्रणालीबाट चालकहरूमा नझुक्किन आग्रह गरेको छ । प्रहरीको गाडीमा एकोहोरो बत्ती बल्दा गाडी रोक्नु पर्ने छैन् । यदि पुरानो व्यवस्था अनुसार प्रहरीको गाडीका बत्तीहरू फ्ल्यास हुन थाले मात्र चालकले गाडी रोक्नु पर्ने छ ।
एआईबाट तयार पारिएको फोटो

















