अर्यालद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली कांग्रेसका महासमिति सदस्य भरत अर्यालले नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
समाज टाइम्स संवादको शुक्रवारको शृखलामा अर्यालले यो घोषणा गरेका हुन्।
जनसम्पर्क समिति अमेरिकाको अधिवेशन र निर्वाचन डिसेम्बर २७ तारिखका लागि तोकिएको छ। यद्यपि अहिले सम्म महाधिवेशन कहाँ हुने र निर्वाचन कुन प्रणालीमा हुने खुलाइएको छैन्।
कार्यतालिका अनुसार डिसेम्बर १५ सम्म सदस्यता वितरण, २० तारिख च्याप्टर अधिवेशन गर्नु पर्ने हुन्छ।
अर्यालले आफूले संस्थालाई गुट रहित बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताए।
उनेले अन्य पदको बार्गेनिङका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरिएको पनि बताए।
अर्याल सँगको समाज टाइम्स संवादको पुरा भिडियो

















