पहिलो ह्यारिसबर्ग ओपन तेक्वान्दो च्याम्पियनसिपका सहयोगी प्रति कृतज्ञता, समाज टाइम्स पनि सम्मानित
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पहिलो ह्यारिसबर्ग ओपन तेक्वान्दो च्याम्पियनसिपका सहयोगी प्रति आयोजक युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीले कृतज्ञता व्यक्त गरेको छ।
शनिवार एकेडेमीमा आयोजित कार्यक्रममा च्याम्पियनसिप सफल पार्न सहयोग गर्नेहरू पनि प्रशंसा पत्र सहित सम्मान गरिएको हो।
च्याम्पियनसिप अगस्त २३ तारिख डाउफिन काउन्टी टेक्निकल स्कुलमा सम्पन्न भएको थियो।
च्याम्पियनसिप आयोजक युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीका सञ्चालिका तथा मुख्य प्रशिक्षक एवं स्वातारा टाउसिपका नव निर्वाचित आयुक्त विनिता पुरी राईले सहयोगीहरू प्रति आभार तथा सम्मान गरेकी हुन्।

विनिता च्याम्पियनसिपको निर्देशक समेत रहेकी थिइन।
च्याम्पियनसिपका प्रायोजक, व्यवस्थापनमा खटिएका स्वयंसेवकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
सो अवसरमा समाज टाइम्सलाई पनि प ‘प्रशंसा पत्र’ गरिएको थियो।
स्वातारा टाउनसिपका आयुक्त टोम कोलनीले समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका थिए।
















