विश्व सञ्जालको कार्यक्रममा कांग्रेस महामन्त्री थापा
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व सञ्जालको कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।
विश्व सञ्जालले शुक्रवार साँझ आयोजना गर्ने नेपालको वर्तमान राजनैतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा विषयक भर्चुअल कार्यक्रममा थापाले संवोधन गर्ने भएका हुन्।
विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीका अनुसार कार्यक्रम आज साँझ (नोभेम्बर १४ तारिख साँझ ८ बजे न्यु योर्क समय) हुने छ।
नेपालको समय अनुसार कार्तिक २९ गते शनिवार बिहान सात बजे कार्यक्रम शुरु हुने छ।
कार्यक्रममा पूर्व मन्त्री तथा कांग्रेस नेता प्रदीप पौडेल, पूर्व सांसद सुनील शर्माले पनि सम्बोधन छन्।
















