ह्यारिसबर्गमा नितेश जङ्ग कुँवरको माया
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ‘हितैको माया अमेरिका टुर’ मा रहेका नितेश जङ्ग कुँवरले शनिवार राति पेन्सिल्भेनियाको ह्यारिसबर्गमा प्रस्तुति दिएका छन्।
दशै लगत्तै अमेरिका आएका नितेशले लाइभ ब्यान्डमा प्रस्तुति दिँदै आएका छन्।
नितेशको ह्यारिसबर्ग शो अनेष्ट रियल्टी, एके इभेन्ट र थ्री इ इन्टरटेन्टमेन्टले आयोजना गरेका हुन्।
नितेश अगाडि स्थानीय गायकहरूले पनि आफूलाई तिखार्ने मौका पाएका थिए।
सरोज बर्देवा, पवन बाराकोटी,रोबिन गुरुङ र करण गुरुङ गीत गाएका थिए।
यस्तै लाइभ ब्यान्डमा
भर्जिनियाबाट आएकी प्रकृति देउजाले पनि प्रस्तुति दिएकी थिइन्।
लाइभ ब्यान्डमा आलोक श्रेष्ठ बास, बबिन मानन्धर – गिटार, केभिन ड्रम र
गिटारमा बादल मल्ल रहेका थिए।
कार्यक्रमको होस्ट विशाल ढुङ्गानाले गरेका थिए।।















