कोशिका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि मन्त्रीको गाडी नरोकीकन अगाडि बढेको थियो।
घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।
मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।












