राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला

काठमाडौं । राजावादीहरूको मंगलवारको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकै बीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरु भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।
भेला सुरु भए लगत्तै लिङ्देनको कार्य व्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन त्यो समय संसदमा थिए । कार्यकर्ताहरूले भने यही संसद् चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । हल बाहिर रहेका केही कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन् तबसम्म आन्दोलन गरी रहने बताएका छन् । राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केही कार्यकर्ताले बताएका छन् ।
यसै गरी विनोद कँडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उद्देश्य भित्र हिँडेका छौँ त्यसलाई फोकस गर्न पर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोलनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए ।