पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर । धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुवै बालक दाजुभाइ भएको जनाइएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन् ।
मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाइ जाँदा डुबेर मृत्यू भएको धनुषा प्रहरीको भनाई छ ।
घरबाट बाहिर निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो । सो क्रममा दुवै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए ।