हामी एउटा मात्र एनआरएनएलाई मान्यता दिन्छौ, त्यो यही हो : मन्त्री राणा
काठमाडौँ/ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनबाट निर्वाचित समितिले मान्यता पाउने बताएकी छिन्।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन गर्दै मन्त्री राणाले आफूहरू कानुन अनुसार नै जाने बताएकी हुन्।
‘हामी एउटा मात्र एनआरएनए सम्बन्धन गर्न सक्छौ, किन हामीलाई परमादेशले त्यही भनेको छ, अब मन्त्रालय पनि कानुन अनुसार नै कामहरु गरिरहेको छ, मन्त्रालयमा उपसचिव ज्युलाई पनि मैले सोध्दा यही मात्रै हो है भन्नु भएको छ ।’ प्रमुख अतिथिकोको मन्तव्य दिने क्रममा मन्त्री राणाले भनिन्।
उनले एकता महाधिवेशनमा छुटेकाहरूलाई पनि जोडिन आग्रह गरिन्। उनले पार्टीगत राजनीति र इगो त्यागेर मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन्।
‘म यही फोरमबाट जति पनि साथीहरू यहाँ आउनु भएन उहाँहरूलाई पनि अपिल गर्न चाहन्छु, पार्टीगत राजनीति कृपया आफ्नो आफ्नो संस्थामा बसेर गर्नुस् यहाँ चैँ इगोलाई पनि भित्रन नदिनुस् राजनीतिलाई पनि प्रवेश गर्न नदिनुस् र कृपया एनआरएनएको भावना बढाइदिनुस् यो गर्दा खेर मन्त्रालयलाई पनि सजिलो हुन्छ।’
मन्त्री राणाले विवाद समाधानमा नेपाली राजनीतिबाट सिक्न पनि एनआरएनहरूलाई आग्रह गरिन्।
‘सप्पै जना यसैमा जोडिनोस्, सानोतिनो विवाद त जहाँ पनि हुन्छ, यो विवाद मिलाएर जाम के।’ मन्त्री राणाले भनिन्, ‘नेपालको राजनीतिबाट पनि सिक्नु पर्यो अब माओवादी र एमालेको पनि सरकार बन्यो एमाले र कांग्रेसको पनि सरकार बनिराछ, हामी चलिराछ।’
उनले देशको लागि दलहरू एक ठाउँमा बसे जस्तै गर्न एनआरएनएलाई सुझाव दिइन्।
‘सबै जना चुनावमा जाँदा कति झगडा पर्छ सप्पै जना चुनावमा जाँदा कति झगडा पर्छ हामी देशको लागि एक ठाउँमा बस्न सक्छौ तपाईँहरू त निश्चय नै सक्नु हुन्छ एकता गर्नुस्।’