बहराइनमा श्रम गर्दै गरेकी नेपाली युवतीले जितिन १५ लाखको चिट्ठा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ बहराइनमा श्रम गर्दै गरेकी एक युवतीले १५ लाख रुपैयाँको चिट्ठा जितेकी छिन्।
प्रवासी नेपाली मञ्च (ओएनएफ) द्वारा नयाँ वर्ष उपलक्ष्यमा खोलिएको श्रमिक राहत कोष सहयोगार्थ राफल चिट्ठा ती युवतिले जितेकी हुन्।
ओएनएफका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा सहितका पदाधिकारीको उपस्थितमा सोमबार बेलायतमा चिट्ठा खोलिएको हो।
‘पहिलो पुरस्कार जित्ने टिकट खरिद गर्ने व्यक्ति बराइनमा सरसफाइमा मजदुरी गर्दै छिने भन्ने आयो उनको नाम आएको छैन।’ अध्यक्ष थापाले समाज टाइम्स सँग भने।
थापाका अनुसार दश लाख राशि रहेको दोस्रो पुरस्कार दक्षिण कोरियाबाट टिकट खरिद गर्ने व्यक्तिले जितेका छन्।
यसै गरी पाँच लाख राशि रहेको तेस्रो पुरस्कार अमेरिकाको ओहायो राज्यमा रहेका डा. दामोदर पौडेलले जितेका छन्।
प्रवासी मञ्चले ११ जनालाई पुरस्कार जितेको जनाएको छ।