पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सामूहिक रुपमा मनाइयो नयाँ वर्ष

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा विक्रम सम्वत अनुसारको नयाँ वर्ष २०८२ उल्लासपूर्ण रुपमा मनाइएको छ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको आयोजनामा यत्र क्षेत्रमा रहेका नेपाली भाषीले सामूहिक रुपमा नयाँ वर्ष मनाएका हुन्।
नयाँ वर्षको साँझमा सहभागी प्रायशः नेपाली परम्परागत पोशाकमा उपस्थित थिए।
विषेशगरी अमेरिकामा नै जन्मिएका बालबालिकाहरू नेपाली पोशाकमा सजिएर हातमा नेपालको राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाउँदा हलको माहौल रोमाञ्चित भएको थियो।

यसै गरी बालबालिका सहितले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी बालबालिकाहरूलाई मनोरञ्जन दिलाउन विभिन्न खेल खेलाइएको थियो।
कार्यक्रममा सहभागी अन्यले पनि नाचगान गर्दै एक आपसमा शुभ कामना साटासाट गरिएको थियो।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियामा अर्चना शर्माको अध्यक्षमा सिङ्गो कार्यसमिति महिला मात्र छन्। यो कार्यसमिति आए सँगै संस्थाको गतिविधि पनि बढेको छ।

संस्थाले हरितालिका तिज, दशै तिहार र नयाँ वर्षमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। संस्थाले जुन महिना पिकनिकको आयोजना गर्ने जनाएको छ।