आन्दोलनरत शिक्षकहरूको नयाँ वर्ष सडकमै
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् ।
जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरूले सडकमा शुभकामना आदानप्रदान गरेका हुन् ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन्।
नेपाल शिक्षक महासंघले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउने गरी सर्कुलर गरेको थियो । आन्दोलनमा आएका शिक्षकहरूले प्रदेश स्तरीय अलग अलग शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेका छन् ।
नयाँ वर्ष आरम्भको पहिलो दिन पनि आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन सडक अवरुद्ध गरेरै महासंघले आन्दोलन जारी राखेको हो ।








