ह्यारीसबर्ग प्रिमियर लिगमा सहभागी टिमको कप्तान घोषणा
ह्यारिसबर्ग/ खेलकुद र सामाजिक सचेतनालाई एकसाथ अघि बढाउने उद्देश्यसहित आयोजना गर्न लागिएको ह्यारिसबर्ग प्रिमियर लिग (एचपीएल) ले चार वटा टिमका कप्तान र उपकप्तानहरूको नाम सार्वजनिक गरेको छ।
एचपीएल क्रियामण फाउन्डेशनको आयोजनामा ह्यारिसबर्ग क्रिकेट एलायन्स ( एचसीए) को सहकार्यमा सञ्चालन हुँदैछ। लिगलाई खेलकुदमार्फत समुदाय सशक्तीकरणतर्फ कदम मानिएको छ। लिगमा चार टिमले खेल्दै छन्।
आयोजक समितिद्वारा सोमवार जारी विज्ञप्ति अनुसार सुस्केहाना टाइटन्सको कप्तान खगिन धिमाल र उपकप्तान गोपाल सुनुवार रहेका छन्।
यस्तै क्यापिटल स्ट्राइकर्सको कप्तान तारा कौशिक र उपकप्तान नारायण गौतम छन्। ह्यारिसबर्ग थन्डरहक्सको
कप्तान शरुप आचार्य र उपकप्तान चन्द्र गुरु गरेका छन्। लिबर्टी वारियर्सको कप्तानमा विनय लुइँटेल र उपकप्तान भक्त गुरुङ रहेका छन्।
कप्तान घोषणा कार्यक्रम हालै सम्पन्न टिम मिटिङ र फोटो सेसनमार्फत सम्पन्न भएको र कप्तानहरूको घोषणा सँगै प्रतियोगिताको रौनक झनै बढेको आयोजक भनाई छ।
एचपीएलको #PlayForLife अभियानले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामजस्ता गम्भीर सामाजिक विषयहरूमा खेलकुदमार्फत सकारात्मक प्रभाव पार्ने लक्ष्य आयोजकले राखेको छ।
‘लिगले युवाहरूलाई खेल भावना, अनुशासन, नेतृत्व र सहकार्यको मूल्य सिकाउँदै सशक्त बनाउने विश्वास गरिएको छ।’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
लिगको सुरुवात आगामी अप्रिल २९ बाट हुनेछ। प्रतियोगितासम्बन्धी थप जानकारी र टिम घोषणाहरू क्रमशः सार्वजनिक हुँदै आयोजकले जनाएका छन्।