विश्वमा सुख शान्तिको कामना गर्दै ह्यारिसबर्गमा नौ दिने महायज्ञ शुरु,पहिलो दिन कलश यात्रा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ विश्वमा सुख शान्तिको कामना गर्दै अमेरिकाको पेन्सिल्भेनियामा नौ दिने महायज्ञ शुरु भएको छ।
हिन्दु धर्म र संस्कृति संगठन (ओएचआरसी) को आयोजनमा ह्यारिसबर्ग स्थित श्रीलक्ष्मीनारायण हरिहर धाममा महायज्ञ शुरु भएको हो।
महायज्ञको पहिलो दिन मन्दिर परिषरमा कलश यत्रा गरिएको छ। कलश यात्राको समापनमा मठाधिस, जन प्रतिनिधि र समाजका अगुवाहरूले सम्बोधन गरेका थिए।
हरिहर धामका हरिहर धामका मठाधिस अनन्त विभूषित स्वामी श्रीचक्रपाणी प्रपन्नले विश्वमा सुख शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको बताए।
यस्तै भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले अमेरिकामा अहिले अपराध गरका बाहेक अरूलाई पक्राउ नगरिएको बताए।
डाउफिन काउन्टी आयुक्त बोर्डका अध्यक्ष जस्टिन डगलस आफूहरूले बीसीएच सँग मिलेर समुदायका लागि काम गर्दै गरेको जानकारी दिए।
डा. खेम अधिकारी नेपाली भाषी भुटानी समुदायमा अफवाह नफैलाउन अपिल गरे। उनले अमेरिकामा नराम्रो काम गर्नेले मात्र डराउनु पर्ने बताए।
कलश यात्राको समापनमा मगर समाज ह्यारिसबर्गका अध्यक्ष नर बहादुर मगर, ओएचआरसीका कार्यकारी निर्देशक डा. तुला राम न्यौपाने पनि सम्बोधन गरेका थिए।
ओएचआरसीका मिडिया संयोजक सीएम निरौलाका अनुसार नौ दिने महायज्ञको अन्तिम दिन होमादी र सामूहिक व्रतबन्ध हुने छ।