सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।