ह्यारिसबर्गमा ‘चेजिङ एन अन्नोन डेस्टिनी’ विमोचन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार विभिन्न साहित्यकारहरूले रचना वाचन गर्नुका साथै कृति विमोचन गरिएको छ।
त्रिवेणी साहित्य मञ्चद्वारा आयोजित कार्यक्रममा सोम भण्डारीद्वारा लिखित ह्यारिसबर्गमा ‘चेजिङ एन अन्नोन डेस्टिनी’ नामक अग्रेजी भाषामा लिखित पुस्तक विमोचन गरियो।
भुटानबाट खेदिएका नेपाली भाषीहरु कथा, व्यथा पिडालाई अंग्रेजीमा लेखिएको छ।
कृतिमाथि कार्यक्रमका प्रमुख अतिथि हिन्दु धर्म र संस्कृति संगठन (ओएचआरसी) का कार्यकारी निर्देशक डा. तुलाराम न्यौपाने र साहित्यकार डा. नारद पोखरेलले टिप्पणी गरेका थिए।
‘मैलै आफ्नै कथा, मेरा संघर्षका दिनहरु भेटे।’ पुस्तकका बारेमा बोल्दै न्यौपानेले भने। यस्तै डा नारद पोखरेलले सरल अंग्रेजीमा लेखिएकाले पुस्तक पढ्न सजिलो रहेको बताए।
सोहि कार्यक्रममा दिदी बहिनी गुञ्जन र अन्तरा उपाध्यायले शुरु गरेको ‘नेप सिस्टर’ नामक युट्युव च्यानल पनि सार्वजनीक करण गरियो। च्यानलमा नेपाली संस्कृति प्रशारण हुने बताइएको छ।
सोही कार्यक्रममा गण्डकीपुत्र , बिस्णु लुइँटेल , मिना आचार्य , दिपा घिमिरे , सिता पाण्डे लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बालकृष्ण न्यौपानेले साङ्गीतिक कोसेली राखेका थिए । यस्तै ल्यान्कास्टरबाट ओम घिमिरेको नेतृत्वमा उपस्थित भएको समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।
त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैगारी माइलोको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार सिता पाण्डे विषेश अतिथि रहेको कार्यक्रममा अतिथिमा डा. खेम अधिकारी , नाराद अधिकारी , ओम घिमिरे , विनीता पुरी , यदुप्रसाद आचार्य , गण्डकीपुत्र, टुंङ्गानाथ उपाध्याय रहेका थिए।
कार्यक्रम संचालक त्रिवेणी साहित्य मञ्चका सचिव नाराद आचार्य “सुदामा ” ले गरेका थिए।