राष्ट्रपति ट्रम्पको वाचा विपरीत बजार भाउ, अण्डाको मूल्य आकासियो
पेन्सिल्भेनिया/ राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव ताका आफ्नो कार्यकालको पहिलो दिनमा खाद्यान्नको मूल्य घटाउने वाचा गरेका थिए। तर अहिले बजारमा अण्डा अप्रत्याशित महँगो हुँदै गइरहेको छ।
“जब म जित्छु, म तुरुन्तै पहिलो दिनदेखि मूल्य घटाउनेछु,” अगस्ट २०२४ मा, मतदाता समक्ष भोट माग्न जाने क्रममा ट्रम्पले भनेका थिए।
तर उनले कार्यभार सम्हालेको एक साता पुग्दा नपुग्दै अण्डाहरू अझ महँगो हुँदै गइरहेको छन्।
कतिपय स्टोरमा ब्राउन अण्डा नै पाइन छाडेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन्। सेतो अण्डाको मूल्य पनि झन्डै दोब्बर वृद्धि भएको पाइएको छ। जबकि ट्रम्पले तीन सय भन्दा बढी कार्यकारी आदेश जारी गरी सकेका छन्।
जति नै आदेश जारी भए पनि ट्रम्पका मूल्य-सम्बन्धित वाचाहरू अपूर्ण भएका छन्।
उपराष्ट्रपति जेडी भान्सले सीबीएस सँगको कुराकानीमा मूल्य घट्न समय लाग्ने प्रतिक्रिया दिएका छन्।
‘मूल्यहरू घट्नेछन्, तर यसमा थोरै समय लाग्नेछ, ‘उनले भने, मूल्यहरू घटाउने तरिका “हाम्रो देशमा थप पुँजी लगानीलाई प्रोत्साहित गर्नु हो।‘
अण्डाको मूल्य घातक बर्ड फ्लूको परिणामस्वरूप बढेको जनाइएको छ।