संघीय अनुदान रोक्ने राष्ट्रपति ट्रम्पको आदेशमा न्यायाधीशको अस्थायी रोक

वाशिंगटन / राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय अनुदान र ऋण रोक्ने आदेशमा न्यायाधीशले अस्थायी रोक लगाएका छन्।
मंगलवार राष्ट्रपतिबाट आदेश आएको थियो। आदेश अनुसार कोष रोक्का लागू हुने तालिका भन्दा केही मिनेट अघि अमेरिकी जिल्ला न्यायाधीश लोरेन एल. अलीखानबाट अस्थायी रोक लगाइएको हो।
न्यायाधीसको यो आदेश सोमबार दिउँसोसम्म रहने छ। यस अगाडि राष्ट्रपति ट्रम्मको जन्मसिद्ध नागरिकता सम्वन्धी आदेश कार्यन्वयनमा पनि अदालतले तत्कालका लागि रोक लगाएको थियो।
अधिकारीहरूले ऋण र अनुदान रोक्ने निर्णय देशभरका स्थानीय सरकारहरू, विद्यालयहरू र गैर-नाफामुखी संस्थाहरूको लागि वित्तीय जीवनरेखा भएको बताएका छन्।
ट्रम्प प्रशासनका अधिकारीहरूले भने अमेरिकीहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने कार्यक्रमहरू, जस्तै मेडिकेयर, मेडिकेड, सामाजिक सुरक्षा, विद्यार्थी ऋण र खाद्य कार्यक्रमहरु प्रभावित नहुने बताएका छन्।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनको निर्णयलाई अबैध भनेका छन्। उनीहरूले राष्ट्रपतिलाई कांग्रेसले विनियोजित गरेको पैसा एकतर्फी रूपमा खर्च गर्न रोक्ने अधिकार नभएको बातएका छन्।