ईनास युकेको कार्यसमिति विस्तार

लन्डन/ ईनास युकेको कार्यसमिति विस्तार भएको छ। गोर्खा क्याप्रिकनमा बसेको संस्थाको पूर्ण बैठकले सर्वसम्मत रूपमा ईनास युकेको पाँचौँ कार्यकालका लागि पदाधिकारीहरूको मनोनयन गरेको हो।
विस्तारित समितिमा ई. विज्ञान कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। यस्तै ई. सुन्दर पण्डित, नीति तथा निर्माण संयोजक, ई. शत्रु धन साह, खेलकुद संयोजक चयन भएका छन्।
अर्जुन शर्मा पाण्डे, स्टुडेन्ट रिलेशन अफिसर, ई. विवेक ढकाल, संगीत संयोजक, राजन तिवारी, भाषा तथा संस्कृति संयोजक र ई. विजय विश्वकर्माले नृत्यकला संयोजकको जिम्मेवारी पाएका छन्।
यस्तै सदस्यहरूमा आयूशा थापा, पुनम शाही ठकुरी, ई. विपुल बरैली, ई. मिलन कार्की र ई. अमन ठाकुर रहेका छन्।
बैठकमा संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेल ,ग्लोबल प्रतिनिधि सुशील प्रजापति , ईनास ग्लोबल उपाध्यक्ष मनिष श्रेष्ठ , पूर्व अध्यक्ष विनोद चिपालु , ईनास युकेकी उपाध्यक्ष सबिना श्रेष्ठ , महासचिव सवेन्द्र अधिकारी , सचिव लाल शिव योगी , कोषाध्यक्ष लालमणि भट्टराई , केन्द्रीय सदस्य अमृता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
ईनासका शुभचिन्तक हरि कार्कीले अनलाइन सम्बोधन गर्दै ईनास विज आइडल कार्यक्रमबारे जानकारी दिएका थिए।