प्रवासी नेपाली मञ्च ओहायो अध्यक्षमा विजय थापा निर्वाचित

ओहायो, अमेरिका/ प्रवासी नेपाली मञ्च ( ओएनएफ ) ओहायो राज्य कमिटीको अध्यक्षमा विजय थापा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न दोस्रो अधिवेशनले थापालाई नयाँ अध्यक्ष चयन गरेको हो।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका इन्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन पनि गरेको छ।
कमिटीको उपाध्यक्षमा सन्तोषी खड्का रहेका छन्। यस्तै सचिवमा प्रवीण बुढा क्षेत्री र उप-सचिवमा अमृत ढकाल र कल्पना पयाँगु रहेका छन्।
सदस्यहरूमा मनिष ढकाल, रोजन के सी, प्रशान्त थापा, मनोज कुमार बुढा , सचिन ज्ञवाली , सपन चापागाईँ , विनोद बि.क. र आकाश खनाल रहेका छन्।