ल्यान्कास्टर सिटिले होमलेसको संख्या बढे सँगै ल्यायो विषेश कार्यक्रम
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ल्यानक्यास्टर सिटिले घरबारविहीन (होमलेस) को संख्या बढे सँगै विषेश कार्यक्रमको घोषणा गरेको छ।
‘लनक्यास्टरमा घरबारविहीन जनसंख्या बढ्दै गएको छ, र सङ्कटलाई सम्बोधन गर्न, सिटिले नयाँ आश्रय खोल्ने निर्णय गर्यो।’ सिटिले भनेको छ।
जस अन्तर्गत युनाइटेड मेथोडिस्ट चर्चमा अस्थायी रूपमा आश्रय स्थल सोमवारबाट शुरु भएको सिटिले जनाएको छ। ल्यानक्यास्टर सिटिमा होमलेसका लागि खोलिएको यो पहिलो आश्रय स्थल भएको जनाइएको छ।
आश्रय स्थलमा ८० वटा ओछ्यानहरु रहेको बताइएको छ। महिला र पुरुषका लागि छुट्टा छुट्टै व्यवस्था गरिएको छ। यसै गरी नुहाउने र लुगा धुने व्यवस्था पनि गरिएको जनाइएको छ।
ल्यान्कास्टर काउन्टी होमलेस गठबन्धनका अनुसार गत वर्षको तुलनामा यस वर्ष घरबारविहीन हुनेको संख्या १३ प्रतिशतले बढेको छ ।
मेयर डेनिस सोरेसले नोभेम्बरमा, घरबारविहीन आश्रय सङ्कटलाई सम्बोधन गर्न आपतकालिन अवस्था घोषणा गरेकी थिइन्।
त्यसको प्रतिक्रियामा, ल्यान्कास्टरको आवासीय संस्था टेनफोल्डले सहरले नयाँ स्थायी आश्रय निर्माण गर्दा मद्दत गर्न अस्थायी आश्रय खोलेको हो।
‘आवश्यकता बढ्दै जाँदा आश्रय स्थलमा थप ओछ्यानहरू थपिनेछ।’ सिटीले भनेको छ।