पेन्सिल्भेनियामा मदिरा सेवन गर्नेलाई सरकारद्वारा नै निःशुल्क उबर
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यका तीन जिल्लाले मदिरा सेवन गर्नेहरूका लागि घर पुग्न निःशुल्क सवारी (उबर) सेवा दिने भएका छन्। जसलाई “सोबर राइड होम” भनिएको छ। यसबाट दुर्घटना कम हुने र मान्छेको ज्यान जोगाउन मद्दत गर्ने अधिकारीहरूको विश्वास छ।
“सोबर राइड होम” गुरुयोजना कार्यक्रम कम्बरल्याण्ड, डाउफिन र पेरी काउन्टीहरूमा आधिकारिक रूपमा डिसेम्बर २४ तारिख मङ्गलवार देखि लागु हुने छ।
“सोबर राइड होम” सेवा ट्राइ-काउन्टी (तीन जिल्ला) क्षेत्रका बार र रेस्टुरेन्टहरूमा मदिरा सेवन गरेकाहरूले पाउने छन्। उनीहरूलाई घर जान निःशुल्क रूपमा मागअनुसार सवारी उपलब्ध गराइने छ।
यो सेवा नियमित रूपमा बिहीबार देखि आइतबार सम्म दिउसो तीन बजे देखि राति तीन बजे सम्म उपलब्ध हुने छ। यस्तै बिदाको दिन डिसेम्बर २४-२५ (मंगलबार र बुधवार) र डिसेम्बर ३१ र जनवरी १ तारिख (मंगलबार र बुधवार) मा पनि सञ्चालन हुनेछ।
प्रयोगकर्ताहरूले सोबर राइड होम वेबसाइट www.soberridehome.org मा गएर QR कोड स्क्यान गर्न र ४० डलर सम्मको उबर भाउचर पाउने छन्।
यो कार्यक्रम उबर र कम्युट पेन्सिल्भेनिया सँगको साझेदारीमा त्रि-काउन्टी क्षेत्रीय योजना आयोगले लागु गर्न लागेको हो।
आयोगका कार्यकारी निर्देशक एन्ड्रयू बम्बर्गरले यस क्षेत्रमा हुने ४० प्रतिशत घातक दुर्घटना र ३० प्रतिशत गम्भीर चोटपटकमा अशक्त चालकहरू समावेश भएको बताए। मदिरा सेवन गरी सवारी चलाउँदा बढी दुर्घटना हुने क्षेत्र र समयमा यो सेवा सञ्चालन गरिएको आयोगको भनाई छ।
“अन्ततः हाम्रो लक्ष्य भनेको स्थानीय सडक मार्गहरूमा सुरक्षा सुधार गर्नु र सुरक्षित, पहुँचयोग्य यातायात विकल्पहरू मार्फत डियुआई दुर्घटनाहरू घटाउनु हो,” बम्बर्गरले भने।
‘सोबर राइड होमले विज्ञापन अभियान सञ्चालन गरिरहेको छ । स्थानीय बार र रेस्टुरेन्टहरूसँग सहकार्य गर्दै मदिरा सेवन गरी ड्राइभ नगर्न प्रोत्साहन दिइरहेको छ।‘बम्बर्गरले भने, ‘सर्भरहरूलाई कसरी कार्यक्रम प्रयोग गर्न सक्छन् भनेर शिक्षित गर्नेछ।‘
निर्देशक बम्बर्गरले यो परियोजनाको सफलता पछि दीर्घकालीन योजना बनाइने बताए।
‘कार्यक्रम संघीय राजमार्ग प्रशासन, सबैका लागि सुरक्षित सडक कार्यक्रमबाट अनुदान मार्फत सम्भव भएको हो। पाइलट परियोजनाको सफलतामा निर्भर गर्दै, यसलाई दीर्घकालीन रूपमा लागू गर्न सकिन्छ।‘ बम्बर्गरले भने।
‘डियुआई दुर्घटना कम गर्न र मान्छेको ज्यान जोगाउन’